News Portal

टीओबीको टिसर्टमा देखिएका पेस्तोलधारी प्रहरीमा उपस्थित, सुटिङको दृश्य भएको दाबी

२१० पटक

काठमाडौ, असोज २६ — सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि त्यसमा देखिएका व्यक्तिमध्ये एक जना प्रहरी कार्यालयमा पुगेका छन्।

आफू टीओबी समूहको सदस्य भएको बताउने तेन्जेन दावा आइतबार प्रहरीमा उपस्थित भएका हुन्। प्रारम्भमा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए। त्यसपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको थियो।

दावाले सो भिडियो जेन–जी आन्दोलनको समयमा नभई त्यसभन्दा अगाडि सुटिङका क्रममा खिचिएको भएको दाबी गरेका छन्। साथै, भिडियोमा प्रयोग गरिएको पेस्तोल नक्कली भएको पनि उनले स्पष्ट पारेका छन्।

टीओबी लेखिएको पोसाक लगाएर पेस्तोल देखाउँदै गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...