News Portal

टीओबीको टिसर्टमा देखिएका पेस्तोलधारी प्रहरीमा उपस्थित, सुटिङको दृश्य भएको दाबी

२९८ पटक

काठमाडौ, असोज २६ — सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि त्यसमा देखिएका व्यक्तिमध्ये एक जना प्रहरी कार्यालयमा पुगेका छन्।

आफू टीओबी समूहको सदस्य भएको बताउने तेन्जेन दावा आइतबार प्रहरीमा उपस्थित भएका हुन्। प्रारम्भमा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए। त्यसपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको थियो।

दावाले सो भिडियो जेन–जी आन्दोलनको समयमा नभई त्यसभन्दा अगाडि सुटिङका क्रममा खिचिएको भएको दाबी गरेका छन्। साथै, भिडियोमा प्रयोग गरिएको पेस्तोल नक्कली भएको पनि उनले स्पष्ट पारेका छन्।

टीओबी लेखिएको पोसाक लगाएर पेस्तोल देखाउँदै गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...