
काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै नयाँ सीमा लागू गरिएको हो।
नयाँ प्रावधानअनुसार अब डेबिट कार्ड प्रयोगकर्ताले एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्रै झिक्न सक्नेछन्, जुन अघिल्लो २५ हजारको सीमाभन्दा कम हो। त्यसैगरी, दैनिक सीमा १ लाखबाट घटाएर ५० हजार र मासिक सीमा ४ लाखबाट घटाएर ३ लाख रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकका अनुसार यो निर्णय भुक्तानी प्रणालीलाई अझ सुरक्षित, पारदर्शी र दुरुपयोगबाट जोगाउनका लागि गरिएको हो।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
