News Portal

दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

३८७ पटक

काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक ३.०४ प्रतिशतले घट्दै २५८२ अंकमा झरेको छ। गत साता बजार २६६३ अंकमा बन्द भएको थियो।

यो साता मंगलबारदेखि मात्रै कारोबार सुरु भएकाले तीन दिन मात्र कारोबार भयो। मंगलबार बजार ५८.५५ अंकले घट्यो भने बुधबार फेरि ४५.३६ अंकले ओरालो लाग्यो। तर बुधबार राति नेपाल राष्ट्र बैंकले सेयर बजारसँग सम्बन्धित तीन नीतिगत निर्णय गरेपछि बिहीबार बजारमा २२.५९ अंकको सुधार देखियो।

राष्ट्र बैंकका नीतिगत परिवर्तन

राष्ट्र बैंकले सेयर कर्जामा लगाइएको २५ करोडको सीमा हटाएको छ। साथै, बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेको एक वर्षभित्रै बिक्री गर्न नपाउने प्रावधान पनि खारेज गरिएको छ। अब ती संस्थाले चाहें छ महिनाभित्रै पनि सेयर वा डिबेन्चर बेच्न सक्नेछन्।

होटल र अन्य समूहमा उच्च गिरावट

यो साता सबैभन्दा बढी असर होटल तथा पर्यटन र अन्य समूहमा देखियो। होटल समूह ४.७९ प्रतिशत र अन्य समूह ५.७९ प्रतिशतले घटे। भदौ २४ गतेको जेनजी प्रदर्शनपछि पर्यटन व्यवसाय सुस्त देखिएकाले होटल क्षेत्र प्रभावित भएको बताइन्छ।

त्यसैगरी, नेपाल पुनर्बीमा र हिमालयन रिकोका सेयर मूल्यमा आएको गिरावटका कारण अन्य समूहमा पनि ठूलो असर परेको हो। पुनर्बीमा कम्पनीमाथि क्षतिपूर्ति दाबीको दायित्व बढ्ने अनुमान गरिएको छ।

कुन कम्पनी बढे र कुन घटे

बैंक ब्याजदर घटेसँगै ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढेको छ। एनआईसी एसिया ऋणपत्र ९.११ प्रतिशत, सेन्चुरी डिबेन्चर ७.८१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड डिबेन्चर ७.६२ प्रतिशतले बढेका छन्।

तर भूगोल इनर्जी, पन्चकन्या माइ हाइड्रो, युनिक नेपाल लघुवित्त र नेपाल पुनर्बीमाका सेयर मूल्य भने १० प्रतिशतसम्म घटेका छन्।

आईपीओ र हकप्रद सेयरहरू

हाल नयाँ आईपीओ खुलेको छैन। तर आइतबारदेखि श्रीनगर एग्रिटेक कम्पनीले सर्वसाधारणका लागि २५ लाखभन्दा बढी कित्ता सेयर निष्कासन गर्दैछ।

त्यस्तै रिभरफल्स पावर, सिटी होटल र नारायणी डेभलपमेन्ट बैंकका हकप्रद सेयर पनि खुला छन्।

बजार फर्कने संकेत

राष्ट्र बैंकका निर्णयपछि बिहीबार बजारमा सुधार देखिए पनि लगानीकर्ता अझै सावधान छन्। पछिल्ला राजनीतिक घटनाक्रमले बजारमा अनिश्चितता बढाएको छ।

सेयर लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने, “राजनीतिक माहोल सुधारिँदै गयो भने बजारमा पुनः विश्वास फर्कन सक्छ, तर अस्थिरता बढे बजार अझै कमजोर हुन सक्छ।”

उनका अनुसार, “नीतिगत सहजता मात्र होइन, लगानीकर्ताको पूँजी र सुरक्षामा विश्वास जरुरी छ।”

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...