News Portal

शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

१४८ पटक

काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक अगुवाहरूले देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई क्षमायाचनासहित स्वेच्छिक अवकाश लिन आग्रह गरेका छन्।

संयुक्त रूपमा जारी अपिलमार्फत उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूले हालको अवस्थाको नैतिक जिम्मेवारी लिई पद त्याग गर्नुपर्ने बताएका छन्।

अपिलमा भनिएको छ, “विघटित प्रतिनिधिसभामा रहेका प्रमुख दलका नेताहरूले लोकतन्त्रप्रति जनताको विश्वास कायम राख्न क्षमायाचनासहित राजीनामा दिएर अवकाश लिनु अपरिहार्य छ। यो कुनै एक दलको हितका लागि होइन, लोकतान्त्रिक अभ्यास र दलीय प्रणालीलाई सबल बनाउनका लागि आवश्यक कदम हो।”

नागरिक अगुवाहरूले हालको विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सबै दलहरूले चाँडै विशेष महाधिवेशन आह्वान गरी नयाँ नेतृत्व चयन गर्न पनि सुझाव दिएका छन्।

प्रतिकृया दिनुहोस्

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...