News Portal

शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

२४८ पटक

काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक अगुवाहरूले देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई क्षमायाचनासहित स्वेच्छिक अवकाश लिन आग्रह गरेका छन्।

संयुक्त रूपमा जारी अपिलमार्फत उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूले हालको अवस्थाको नैतिक जिम्मेवारी लिई पद त्याग गर्नुपर्ने बताएका छन्।

अपिलमा भनिएको छ, “विघटित प्रतिनिधिसभामा रहेका प्रमुख दलका नेताहरूले लोकतन्त्रप्रति जनताको विश्वास कायम राख्न क्षमायाचनासहित राजीनामा दिएर अवकाश लिनु अपरिहार्य छ। यो कुनै एक दलको हितका लागि होइन, लोकतान्त्रिक अभ्यास र दलीय प्रणालीलाई सबल बनाउनका लागि आवश्यक कदम हो।”

नागरिक अगुवाहरूले हालको विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सबै दलहरूले चाँडै विशेष महाधिवेशन आह्वान गरी नयाँ नेतृत्व चयन गर्न पनि सुझाव दिएका छन्।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...