News Portal

मकाउमा नेबि संघ गठन, अध्यक्षमा न्यौपाने चयन !

हिमाली संचार संवाददाता
१३९४ पटक

कर्ण अधिकारी
मकाउ : चीनको स्वशाशीत क्षेत्र मकाउका नेपाली काँग्रेसको भातृ संगठन नेपाली बिद्यार्थी संघ मकाउ गठन भएको छ। प्रवासमा रहेर पनि नेपाली काँग्रेस प्रतिको आस्थालाई सजीवता दिलाउनका लागि नेपाल बिद्यार्थी संघ केन्द्रिय कार्यालयबाट अध्यक्ष नैन सिंह महरले मिति २०७५।२।१० गतेको पत्रमा मकाउमा पढ्दै र ब्यबसाय गरी रहेका युवराज न्यौपानेलाई नेपाल बिद्यार्थी संघ मकाउको अध्यक्ष तोकी पत्रचार गरेको भए पनि कार्य ब्यस्तता र बिबिध कारणले केही महिना पश्चात युवराज न्यौपानेको अध्यक्षतामा मिति २०१८/१२/०७ तारीखका दिन १३ सदसीय कार्य समिति गठन गरीएको छ।

अध्यक्षमा युवराज न्यौपाने, उपाध्यक्ष द्वय राम तामाङ र बिशाल के.सी, महामन्त्री ईश्वर भट्ट, सहमहामन्त्री रितेश रायमाझी, कोषाध्यक्ष संजय अधिकारी, सदस्यहरू जगदिश न्यौपाने, भिम तामाङ, रबिन्द्र गुरूङ, किरण प्याकुरेल, सुनिल कुमार पाण्डे, बिपेन खड्का र मिलन मल्ल रहेका छन्।

उक्त गठन भएको कमिटीले नेपाली जनसम्पर्क समिति मकाउसंग समन्वय गरी अगाडी बढ्नु भन्ने पत्राचार भएको कारण अध्यक्ष न्यौपानेले आउँदा दिनहरूमा नेपाल बिद्यार्थी संघ मकाउले नेपाली जनसम्पर्क समिति मकाउ संग समन्वय गरी अगाडी बढ्ने कुरा ब्यक्त गर्नु भएको छ।

न्यौपाने मकाउको आई एफ टी कलेजमा बिजनेश संबन्धि प्रिन्सिपल अफ बिजनेश म्यानेजमेन्ट पढ्दै हुनु हुन्छ। मकाउमा रहेका युनिभर्सिटीहरू नेपाली बिद्यार्थीहरूका अध्ययनका लागि राम्रो गन्तब्य समेत हुन सक्छ। बिशेषत होटल, पर्यटकीय अध्ययनका लागि राम्रो मानिएको मकाउमा भबिष्यमा नेपाली बिद्यार्थीहरूलाई समेत अध्ययन गर्ने बाटो तय गर्नका लागि अध्यक्ष न्यौपानेले पहल गरी रहेको कुरा ब्यक्त गर्नु भएको छ।

यसरी प्रवासमा समेत नेपाली काँग्रेको भातृ संगठनहरू सक्रिय भई गठन हुनाले भबिष्यमा काँग्रेसलाई नै टेवा पुग्ने छ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...