News Portal

प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

२४४ पटक

काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टाभित्र निर्णय गर्ने भएको छ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो। प्रहरीले जाहेरीको फोटोकपी मात्र राखेर अध्ययन गरी २४ घण्टाभित्र दर्ता गर्ने वा नगर्ने जवाफ दिने जानकारी दिएको छ। अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले भने, “यदि २४ घण्टाभित्र जाहेरी दर्ता भएन भने हामी थप कदम चाल्नेछौं।”

जाहेरीमा सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसीसम्बन्धी विषय समावेश गरिएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिइएको जाहेरी पनि प्रहरीको जाँचबुझ आयोगमा पठाइएको थियो।

भदौ २३ गते भएको घटनालाई मानवताविरुद्धको अपराध मानेर जेनजी आन्दोलनका मृतक परिवारले पनि प्रहरीमा जाहेरी दिएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...