News Portal

जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

२३० पटक

काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र कानुनी विवाद अझै बढ्दै गएको छ। मृतकका पक्षमा उत्रिएका जेनजी समूहका प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका नेतामाथि कानुनी कारबाही गर्न माग गर्दै आन्दोलन तीव्र बनाएका छन्।

सोमबार साँझ ‘हामी नेपालका’ समूहका संयोजक सुदन गुरुङ नेतृत्वको टोलीले जाहेरी दर्ताका लागि काठमाडौं जिल्ला प्रहरी परिसर पुगे पनि प्रहरीले सो जाहेरी नलिएको बताइएको छ।

यो घटनापछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राति नै बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्याल र चारै सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक बैठक बोलाएर अवस्थाको समीक्षा गरेकी थिइन्। बैठकमा गृहमन्त्री अर्यालले तत्काल कदम चाल्नुपर्नेमा जोड दिँदै प्रहरी अधिकारीलाई सोधे, “मंगलबार नै पक्राउ गर्न सकिँदैन?” तर प्रहरी अधिकारीहरूले तत्काल स्पष्ट प्रतिक्रिया दिएका थिएनन्।

यसैबीच, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रधानमन्त्रीसँगको भेटमा आन्दोलनका क्रममा गोली चलाउने जिम्मेवार व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्।

सुरक्षा निकायका स्रोतका अनुसार देशको शान्ति र स्थिरता ध्यानमा राख्दै संयमित निर्णय लिनुपर्ने सुझाव दिइएको छ। घटनाको पूर्ण सत्यतथ्य बुझ्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको छानबिन आयोगको प्रतिवेदन कुर्ने कि तत्काल कदम चाल्ने भन्ने विषयमा सरकारभित्र अन्तिम निर्णय अझै भएको छैन।

 

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...