News Portal

प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

१७० पटक

काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका साथ भाग लिने बताएका छन्।

सोमबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, “घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै दलले निर्वाचनमा सहभागी हुनुपर्छ। हाम्रो पार्टी यसमा पूर्ण रूपमा सक्रिय रहनेछ।”

उनले चुनावको तयारीका लागि अन्य दलहरूसँग पनि संवाद भइरहेको जानकारी दिएका छन्। “अन्य दलहरूसँग कुराकानी भइरहेको छ, केही समयपछि यसको नतिजा देखिनेछ,” प्रचण्डले थपे।

बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्‍याएको क्षति र आगामी कामबारे छलफल भएको थियो। उनले भने, “विपद्का कारण कहाँ-कहाँ क्षति भयो भन्ने विवरण संकलन गरिएको छ र अब के गर्नुपर्छ भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गरिसकेको छ।”

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...