News Portal

एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

२६० पटक

काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी शर्मा ओलीमाथि केही नेताहरूले अब जिम्मेवारी हस्तान्तरण गर्न दबाब दिइरहेका छन् भने, अर्का नेताहरू भने महाधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन्।

हालै सम्पन्न सचिवालय बैठकमा कसैले औपचारिक रूपमा राजीनामाको प्रस्ताव नगरे पनि धेरै नेताहरूले पार्टीमा नयाँ ऊर्जा ल्याउन महाधिवेशन आवश्यक भएको बताएका छन्। अध्यक्ष ओलीले पनि पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन ११औं महाधिवेशन तयारी तीव्र पारेका छन्।

उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, युवराज ज्ञवाली र गोकर्ण विष्टलगायत नेताहरूले ओलीको दीर्घ नेतृत्वका कारण पार्टी कमजोर बन्दै गएको भन्दै पुस्तान्तरणको माग अघि सारेका छन्। सचिव भट्टराईले भने, “अध्यक्षले कार्यवाहक तोकेर महाधिवेशनमा जाँदा नै पार्टीको हित हुन्छ, ढिलो गरे ठूलो क्षति हुन सक्छ।”

पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार अब केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्ने सम्भावना छ। उनले नेतृत्व परिवर्तन वैधानिक फोरमबाटै हुनुपर्ने बताए।

संगठन विभाग सचिव माधव ढुंगेलले विधान महाधिवेशन भइसकेकाले अब ११औं महाधिवेशन नेतृत्व चयनका लागि हुने बताए। पार्टी स्रोतका अनुसार मंसिरदेखि फागुनभित्र महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ।

यता, केही नेताहरूले महाधिवेशनअघि नै अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक बनाएर पुस्तान्तरणको प्रक्रिया सुरु गर्न सुझाव दिएका छन्। उनीहरूका अनुसार यसले पार्टीमा नयाँ सन्देश पठाउनेछ र नेतृत्व हस्तान्तरण सहज बन्नेछ।

पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले ओलीलाई अब अभिभावकको भूमिकामा रहँदै नयाँ पुस्तालाई नेतृत्व दिने आग्रह गरेका छन्। उनले भने, “आजको युवा पुस्ता वाम चेत भएका छन्, उनीहरू एमालेप्रति निराश भए आन्दोलन नै कमजोर हुन सक्छ।”

दशैंका अवसरमा अध्यक्ष ओलीले देशभरका कार्यकर्ता र नेतासँग भेटघाट गर्दै समर्थन जुटाइरहेका छन्।

हाल एमालेभित्र तीन धार देखिएका छन्—ओलीको निरन्तर नेतृत्व कायम राख्ने, ईश्वर पोखरेललाई कार्यवाहक बनाएर जिम्मा दिने, र नयाँ पुस्ताबाट नेतृत्व पुस्तान्तरण गर्ने। अबको केन्द्रीय कमिटी बैठकले यीमध्ये कुन दिशा रोज्ने भन्ने निर्णायक हुनेछ।

 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...