News Portal

एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

२७९ पटक

काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको छ। तर, बैठक बस्ने स्थान अहिलेसम्म सुनिश्चित भएको छैन।

भदौ २४ गतेको आन्दोलनका क्रममा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आगलागी हुँदा उक्त भवनमा बैठक बस्न असम्भव भएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिनुभयो, “भवन क्षतविक्षत भएकोले बैठकको लागि नयाँ स्थान खोज्दैछौं। दसैँ बिदा सकिएपछि उपयुक्त स्थल तय गरिनेछ।”

यसअघि असोज १९ र २० गते तोकिएको केन्द्रीय सचिवालय बैठकलाई असोज २४ गते सारिएको छ। सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने तयारी गर्दैछ।

एमालेमा झन्डै ३५५ जना केन्द्रीय सदस्य रहेका छन्। जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दो भए पनि उनले सहजै पद त्याग्ने संकेत दिएका छैनन्। पार्टीभित्र अध्यक्षलाई नेतृत्व छोड्न र पार्टी पुनर्गठन गर्नुपर्ने माग बढ्दै गएको छ। तर एमाले नेताहरूका अनुसार ओली महाधिवेशनको माध्यमबाट फेरि अध्यक्ष बन्ने तयारीमा रहेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...