News Portal

इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

२८० पटक

इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति पुर्‍याएको छ। पछिल्ला २४ घण्टामा मात्रै पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले जानकारी दिएका छन्।

मृतकमध्ये सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङ्सेबुङ गाउँपालिका–१ पाटीगाँउमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना, धुसुनेमा २ जना, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जना र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना रहेका छन्।

तीव्र वर्षाका कारण मेची, कोशी र सिद्धिचरण राजमार्गका विभिन्न भागमा यातायात अवरुद्ध भएको छ। प्रहरीले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र जोखिम क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।

धरान–धनकुटा सडक खण्ड पनि पहिरोले रोकिएको छ भने पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको स्थानीय प्रशासनले जनाएको छ। यसैबीच, इलामका चार वटा पुलमा बाढीले क्षति पुर्‍याएको समेत विवरण आएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...