News Portal

इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

१९५ पटक

इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति पुर्‍याएको छ। पछिल्ला २४ घण्टामा मात्रै पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले जानकारी दिएका छन्।

मृतकमध्ये सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङ्सेबुङ गाउँपालिका–१ पाटीगाँउमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना, धुसुनेमा २ जना, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जना र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना रहेका छन्।

तीव्र वर्षाका कारण मेची, कोशी र सिद्धिचरण राजमार्गका विभिन्न भागमा यातायात अवरुद्ध भएको छ। प्रहरीले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र जोखिम क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।

धरान–धनकुटा सडक खण्ड पनि पहिरोले रोकिएको छ भने पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको स्थानीय प्रशासनले जनाएको छ। यसैबीच, इलामका चार वटा पुलमा बाढीले क्षति पुर्‍याएको समेत विवरण आएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...