News Portal

मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

२४३ पटक

काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने बताएका छन्। सामाजिक सञ्जालमा फेरि हिंसात्मक प्रदर्शन हुने भनी त्रास फैलिएपछि उनले यस्तो स्पष्टिकरण दिएका हुन्।

ढुङ्गानाले भने, “अक्टोबर ९ मा कुनै हिंसात्मक गतिविधि गर्ने योजना छैन। हामी शान्तिपूर्ण तरिकाले मात्र केही गर्न सक्छौं। हिंसात्मक गतिविधिमा हामी संलग्न हुनेछैनौं।”

उनले एजेन्डा बिना आन्दोलन गर्नुको औचित्य नभएको पनि बताए। ढुङ्गानाले पुरानो अनुभव उदाहरण दिँदै भने, “साउन ८ मा हामी मुसा मार्न गएका थियौं, बाघ मारेर ल्यायौं। अब बाघ बोक्न सम्भव छैन।”

उनले अहिले आन्दोलन गर्न कुनै कारण नरहेको र माग पूरा नभए वैकल्पिक उपायमार्फत दबाब दिन सकिने बताए। अन्त्यमा ढुङ्गानाले दोहोर्याए, “एजेन्डा बिना हुने आन्दोलनको कुनै अर्थ छैन, हामी जेनजी त्यसमा संलग्न छैनौं।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...