आज : २०२६-०९-२०, आइतबार

चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा टिकटमा कालोबजारी गरेको पाइए तत्काल कारबाही गरिने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार विज्ञप्ति जारी गर्दै यात्रुको गुनासो अनुसार यस्ता गैरकानुनी गतिविधि तुरुन्त बन्द गर्न आग्रह गरेका छन्। उनले यात्रुलाई अनावश्यक दुःख दिने र चाडबाडलाई कमाउने अवसरका रूपमा प्रयोग नगर्न चेतावनी दिएका छन्।

मन्त्री घिसिङले बढी भाडा असुल्ने वा टिकटमा कालोबजारी गर्ने व्यवसायी भेटिए तत्काल स्थानीय प्रशासन र सुरक्षासमेतले कडाभन्दा कडा कदम चाल्ने जानकारी दिएका छन्।