
काठमाडौं, असोज १२ – राष्ट्र शोक र विध्वंशको अवस्थामै रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने घोषणा गरेका छन्।
आइतबार शुभकामना सन्देश जारी गर्दै उनले दशैंलाई परिवार र सांस्कृतिक परम्परामा मात्र सीमित गरेर मनाउनुपर्ने अवस्था आएको उल्लेख गरेका छन्। उनले विगतमा जस्तै यो वर्ष पनि बृहत रूपमा टीका–जमरा प्रदान गर्न नसकिने स्पष्ट पारेका छन्।
“देश चरम संकट र पीडामा छ। यस्तो समयमा हामी बाध्यतावश यस पर्वलाई सीमित ढंगले मात्र मनाउनुपर्छ,” शाहले भनेका छन्।
पूर्वराजाले नेपालीहरूलाई भू–राजनीतिक घेराबन्दीमा नफसी अखण्ड नेपालको पुनर्निर्माणमा लाग्न पनि आग्रह गरेका छन्।