News Portal

प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

४०२ पटक

काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ।

शुक्रबार बिहान मुख्यसचिव एकनारायण अर्यालले सिंहदरबारका विभिन्न मन्त्रालयको अवलोकन गरेपछि वैकल्पिक व्यवस्था मिलाउने निर्णय अघि बढाइएको हो। उच्च स्रोतका अनुसार पुरानो गृह मन्त्रालयको स्थानमा बनेको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालयका लागि प्रयोग गर्ने योजना छ।

उक्त भवन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखाना नजिकै रहेको छ। हाल गृह मन्त्रालय बसेको भवन पनि भत्किसकेकाले यसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सार्ने, र शिक्षा मन्त्रालयलाई केशरमहलमा स्थानान्तरण गर्ने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...