आज : २०२६-०७-०९, बिहीबार

कुवेतमा ईन्द्रमणी देबकोटाको निधन

कुवेत : चितवन घर भई कुवेतमा कार्यरत ईन्द्रमणी देबकोटाको कुवेतको फर्वानिया अस्पातलमा मृत्‍यु भएको छ। उच्च रक्तचाप र हात-खुट्टा सुन्निएर केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका देबकोटाको शुक्रबार बिहान मृत्‍यु भएको छ।

उक्त रक्तचाप तथा हात-खुट्टा सुन्निएर कुवेतको फर्वानिया अस्पातल भर्ना भएका ईन्द्रमणीको निधनको खबरले परिवार शोकमा डुबेको छ।

करिब ८/९ बर्ष देखी कुवेतमा आर्मी क्याम्प, सिटी बस तथा ट्याक्सी चालकको रुपमा काम गरिसकेका ४५ बर्षिय ईन्द्रमणी केही समय देखी जन्डीस रोगले समेत ग्रस्त भएको शिवकोटीले बताए ।

मृतकको श्रीमती इजराईलमा रहेको र घरमा छोराछोरी रहेका छन।