News Portal

ब्रिफिङ: नेताका निवास र संवेदनशील क्षेत्रमा आगजनी, सुरक्षाकर्मी नियन्त्रण बाहिर

२१६ पटक

काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्। प्रमुख दलका नेताहरूको निजी निवास र पार्टी कार्यालयहरू अहिले सुरक्षाकर्मीको नियन्त्रण बाहिर रहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा आगो लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा पनि आगजनी भएको छ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटार निवासमा तोडफोड भएको छ। मन्त्रीहरूको भैंसेपाटी, परराष्ट्रमन्त्री आरजु देउवाको धनगढी, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठी र ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठ निवासमा आगजनी र तोडफोड भएको छ।

कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित घर, एमाले सचिव रघुविर महासेठ र नेता सुरेन्द्र पाण्डेको निवासमा पनि आगजनी र तोडफोड भएको समाचार छ।

हाल सुरक्षाकर्मीहरूले यी नेताहरुलाई सुरक्षित स्थानमा सारिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...