News Portal

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

३२६ पटक

काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन्।

लेखकले घटनामा अहिलेसम्म १९ जनाले ज्यान गुमाएको अवस्थाबारे आफूले नैतिक जिम्मेवारी लिनुपर्ने महसुस गर्दै यस्तो निर्णय गरेको बताए।

एक मन्त्रीका अनुसार, लेखकले सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका थिए। यसअघि पनि उनले पार्टी बैठकमा नैतिक आधारमा पदमा बस्न नचाहेको जानकारी गराइसकेका थिए।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...