News Portal

राजावादी आन्दोलनपछि दुर्गा प्रसाईं सक्रिय, भक्तपुरमा केन्द्रीय भेला हुँदै

३१६ पटक

काठमाडौं, भदौ १८ – हालै सम्पन्न राजावादी आन्दोलनपछि सक्रिय बनेका दुर्गा प्रसाईंले आफ्नो अभियानलाई तीव्रता दिएका छन्। उनले नेतृत्व गरिरहेको *“राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल”*ले भदौ २० र २१ गते भक्तपुरमा केन्द्रीय भेला गर्ने निर्णय गरेको हो।

बुधबार जारी विज्ञप्तिमा संयोजक प्रसाईंले बिहान १०ः३० बजे सुरु हुने सो भेलामा संस्थापक सदस्यदेखि सचिवालय सदस्यसम्म सबै तहका पदाधिकारी अनिवार्य उपस्थित रहनुपर्ने जानकारी दिएका छन्।

भेलामा वडा, पालिका, जिल्ला र अञ्चलस्तरका अध्यक्ष–सचिव, विभागीय समिति प्रमुख, केन्द्रीय सदस्य तथा सल्लाहकार समितिलाई समेत सहभागी गराइने उल्लेख गरिएको छ।

तीनकुनेमा भएको राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईं केही समयअघि मात्र रिहा भएका थिए। रिहापछि उनले नयाँ राजनीतिक दल गठनको घोषणा गर्दै संगठन विस्तारका गतिविधि अघि बढाइरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...