News Portal

रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

२०८ पटक

काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक प्राथमिक निर्वाचनमार्फत उम्मेदवार छान्ने भएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय समितिको बैठकले आकांक्षी नेताहरुबीच प्राइमरी इलेक्सन गर्ने निर्णय गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार यसलाई नयाँ कार्ययोजना अनुसारको अभ्यासका रुपमा अघि सारिएको हो।

निर्णयअनुसार प्रारम्भिक निर्वाचन चाँडै गरिनेछ र यसको सम्पूर्ण तयारी रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्नेछ।

मतदानका लागि रुपन्देही–३ का प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा (क) र (ख) कार्यसमिति, उपमहानगर, नगर, गाउँपालिका तथा वडा कार्यसमिति, साथै जिल्ला र प्रदेश कार्यसमिति, भातृ संगठनका सदस्य तथा सक्रिय सदस्यसमेत रहनेछन्।

यसरी पहिलोपटक राप्रपाले उम्मेदवार छनोट प्रक्रिया खुला र आन्तरिक प्रतिस्पर्धामार्फत अघि बढाउने भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...