News Portal

मनाङ उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता सुरु हुने

२०६ पटक

काठमाडौं, भदौ १७ – निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु हुने जनाएको छ। आयोगका अनुसार भदौ १९ देखि २५ गतेसम्म दलहरूले आवश्यक कागजातसहित दर्ता निवेदन पेश गर्न सक्नेछन्।

यो पद राजीव गुरुङ (दीपक मनाङे) कारागार चलान भएपछि रिक्त भएको हो। त्यसैले अब उपनिर्वाचनमार्फत नयाँ सदस्य चयन हुने भएको छ।

आयोगले जनाएको अनुसार दल दर्ताका लागि कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा कार्यालय समयमा निवेदन दिनुपर्नेछ। निवेदनमा दलको संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालयको ठेगाना, सम्पर्क विवरण, कार्यसमिति सदस्यहरूको नामावली, सामाजिक सञ्जाल खाता, र वार्षिक लेखा परीक्षण प्रतिवेदनलगायत कागजात अनिवार्य रहनेछन्।

त्यस्तै, उम्मेदवार मनोनयनका लागि अधिकार प्रदान गरेको निर्णयको प्रतिलिपि, दलको पदाधिकारीको नाम र हस्ताक्षर नमूना, साथै संविधानको धारा २६९(४) अनुसारको शर्त पूरा गर्ने प्रतिबद्धता पत्र पनि पेस गर्नुपर्नेछ।

नयाँ दल वा गाभिएका दलका हकमा आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमा साविक दलहरूको विवरण समेत राख्नुपर्ने आयोगले स्पष्ट पारेको छ।

थप जानकारीका लागि दलहरूले आयोगको सचिवालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...