News Portal

रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे डिभोर्स प्रमाणपत्र

२८९ पटक

बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएको आधिकारिक कागजात सार्वजनिक गरेका छन्।

थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमार्फत गरिएको मिलापत्रलाई प्रमाणस्वरूप सार्वजनिक गरेका हुन्। फेसबुकमार्फत् कागजात प्रस्तुत गर्दै उनले लेखेका छन्, “जीवनमा दुई पटक विवाह गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो पहिलो श्रीमतीसँगको डिभोर्स पनि हो। सम्बन्धविच्छेद भए पनि त्यस श्रीमतीसँगको सन्तान मेरो सन्तान हो र म अझै उसको बाबा हुँ।”

थापाको उम्मेदवारीपछि उनको बहुविवाहबारे चर्चा चलेको थियो। तर, रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार उम्मेदवार छनोट प्रकृयाकै क्रममा त्यसबारे छानबिन गर्दा उनले पहिलो पत्नी सुलोचना घिमिरेसँग कानुनी रूपमा डिभोर्स गरिसकेको पुष्टि भएको हो।

महामन्त्री बुर्लाकोटीले भने, “बहुविवाहको कुरा उठे पनि दुई वर्षअघि नै सम्बन्ध विच्छेद भइसकेको तथ्य प्रमाणित भएपछि पार्टीले उहाँलाई उम्मेदवार बनायो। यसलाई अनावश्यक रूपमा उछालिएको मात्र हो।”

थापाकी पहिलो पत्नी सुलोचना घिमिरे बीएससी नर्सिङ गरेकी छन् र भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन्। कान्छी पत्नी नुमा शर्मा काठमाडौंमा बस्छिन्।

पार्टीका अनुसार पहिलो पत्नीबाट जन्मिएको सन्तान अहिले पनि डा. थापासँगै बस्ने गरेको छ। “डिभोर्स भएपछि बोलचाल बन्द गर्नैपर्छ भन्ने पुरानो सोच अहिलेको समाजमा लागू हुँदैन,” महामन्त्री बुर्लाकोटीले भने।

थापालाई गत शुक्रबार र शनिबार सम्पन्न प्राइमरी इलेक्सन र अन्य प्रक्रियाको आधारमा रास्वपाले उम्मेदवार बनाउने निर्णय गरेको हो। उनले २०८० असार ७ गते पार्टी सदस्यता फारम भरे पनि प्राविधिक कारणले २०८२ मा मात्र आधिकारिक सदस्यता प्रमाणित भएको पार्टीले जनाएको छ।

यसअघि, २०७९ को आम निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक सांसद सूचीमा परेका थिए।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...