News Portal

  • रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे डिभोर्स प्रमाणपत्र

    १६८ पटक

    बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएको आधिकारिक कागजात सार्वजनिक गरेका छन्।

    थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमार्फत गरिएको मिलापत्रलाई प्रमाणस्वरूप सार्वजनिक गरेका हुन्। फेसबुकमार्फत् कागजात प्रस्तुत गर्दै उनले लेखेका छन्, “जीवनमा दुई पटक विवाह गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो पहिलो श्रीमतीसँगको डिभोर्स पनि हो। सम्बन्धविच्छेद भए पनि त्यस श्रीमतीसँगको सन्तान मेरो सन्तान हो र म अझै उसको बाबा हुँ।”

    थापाको उम्मेदवारीपछि उनको बहुविवाहबारे चर्चा चलेको थियो। तर, रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार उम्मेदवार छनोट प्रकृयाकै क्रममा त्यसबारे छानबिन गर्दा उनले पहिलो पत्नी सुलोचना घिमिरेसँग कानुनी रूपमा डिभोर्स गरिसकेको पुष्टि भएको हो।

    महामन्त्री बुर्लाकोटीले भने, “बहुविवाहको कुरा उठे पनि दुई वर्षअघि नै सम्बन्ध विच्छेद भइसकेको तथ्य प्रमाणित भएपछि पार्टीले उहाँलाई उम्मेदवार बनायो। यसलाई अनावश्यक रूपमा उछालिएको मात्र हो।”

    थापाकी पहिलो पत्नी सुलोचना घिमिरे बीएससी नर्सिङ गरेकी छन् र भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन्। कान्छी पत्नी नुमा शर्मा काठमाडौंमा बस्छिन्।

    पार्टीका अनुसार पहिलो पत्नीबाट जन्मिएको सन्तान अहिले पनि डा. थापासँगै बस्ने गरेको छ। “डिभोर्स भएपछि बोलचाल बन्द गर्नैपर्छ भन्ने पुरानो सोच अहिलेको समाजमा लागू हुँदैन,” महामन्त्री बुर्लाकोटीले भने।

    थापालाई गत शुक्रबार र शनिबार सम्पन्न प्राइमरी इलेक्सन र अन्य प्रक्रियाको आधारमा रास्वपाले उम्मेदवार बनाउने निर्णय गरेको हो। उनले २०८० असार ७ गते पार्टी सदस्यता फारम भरे पनि प्राविधिक कारणले २०८२ मा मात्र आधिकारिक सदस्यता प्रमाणित भएको पार्टीले जनाएको छ।

    यसअघि, २०७९ को आम निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक सांसद सूचीमा परेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...