News Portal

  • रास्वपाको मतपरिणाम किन गोप्य?

    १८२ पटक

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ। आइतबार बसेको सचिवालय बैठकले तीन घण्टा ढिला गरी उम्मेदवारको घोषणा गर्यो।

    यसपटक पार्टीले मिश्रित निर्वाचन प्रणाली अपनाउँदै प्रारम्भिक निर्वाचन र नेतृत्व मूल्याङ्कन दुबैको आधारमा उम्मेदवार छनोट गरेको थियो। तर, उम्मेदवारले पाएका मत र अंक सार्वजनिक गरिएको छैन। यसले पार्टीभित्र नेतृत्व हस्तक्षेपको आशंका बढाएको छ।

    रास्वपाका नेताहरूका अनुसार, सार्वजनिक नगर्नुको कारण उम्मेदवारको प्रतिष्ठामा असर पर्न सक्ने र प्रक्रियागत कम्जोरी रहेको हो। स्रोतले भने, “पार्टीले नयाँ र टेक्निकल प्रक्रिया अपनाएको हुँदा आवश्यक कार्यविधि अझै बनिसकेको छैन। कार्यविधि तयार भएपछि मात्रै सबै मतपरिणाम सार्वजनिक गरिनेछ।”

    उम्मेदवार चयन प्रक्रियामा साउन ७ देखि २१ गते आवेदन खुला गरियो र नौ जनाले आवेदन दिए। प्रारम्भिक निर्वाचन भदौ १२–१३ गते सम्पन्न भए पनि केवल १,५६७ मत मात्र खसेको थियो। केन्द्रीय समितिका आधाभन्दा बढी सदस्यले मतदानमा भाग नलिनुले पनि नेतृत्व हस्तक्षेपको शंका बढाएको छ।

    पार्टीका नेताहरू भने, प्राविधिक समस्या र नयाँ प्रणाली प्रयोगका कारण मतदाताहरू अलमलमा परेको हुन सक्ने बताउँछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...