News Portal

रास्वपाका ९ आकांक्षी उम्मेदवारले रवि लामिछानेलाई भेटे

२९४ पटक

काठमाडौं, भदौ १५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही–३ का नौ जना उम्मेदवार आकांक्षी आइतबार बिहान नख्खु कारागार पुगेका छन्। उनीहरूले पार्टी सभापति रवि लामिछानेलाई भेटेर आफ्नो उम्मेदवारीको प्रक्रियाबारे छलफल गरेका हुन्।

उम्मेदवारीका लागि प्रतिस्पर्धा गरिरहेका व्यक्तिहरूमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।

रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनु भयो कि प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन भइसकेको छ र त्यसको अनुमोदनका लागि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ। अनुमोदनपछि अपराह्न साढे ४ बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवार घोषणा गरिनेछ।

प्राइमरी इलेक्सनमा पार्टीका स्थानीय, जिल्ला, प्रदेश र केन्द्रीय समितिका सदस्यहरूले मतदान गरेका थिए। उम्मेदवार चयन प्रक्रियामा लिडरसिप एकेडेमीको अभ्यास, पोलिटिकल प्रोक्सिमिटी र समावेशितालाई ५० प्रतिशत मत भार दिइएको थियो भने प्राइमरी इलेक्सनको मत भार ५० प्रतिशत राखिएको थियो।

रास्वपाले आज पार्टी प्रवेशसमेत गराउने तयारी गरेको छ। यस क्रममा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्यसहित मधेसका केही नेताहरू पार्टी प्रवेश गर्ने छन्।

रूपन्देही–३ मा आगामी असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ भने कात्तिक १७ गते उपनिर्वाचन हुनेछ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...