News Portal

प्रचण्डमाथि पनि बदला सुरु हुने चेतावनी : माधवकुमार नेपाल

२२५ पटक

काठमाडौं, भदौ १३ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले प्रतिशोधको राजनीति अघि सारेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा भएको पार्टीको ७ नम्बर क्षेत्रीय कमिटीको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उपेन्द्र यादव र प्रभु शाहमाथि पहिले नै बदला सुरु भइसकेको र अब सो क्रम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि सुरु हुने चेतावनी दिए।

उनले भने, “अब बदला उपेन्द्र यादव र प्रभु शाहमाथि सुरु भइसकेको छ। यो शृंखला प्रचण्डसम्म पुग्छ। कोही बाँकी बच्नेवाला छैन।”

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनभित्र अधिनायकवाद मौलाएको टिप्पणी गरे। उनले एमालेभित्रका कार्यकर्ताहरू पीडामा रहेको र ‘आँसु झार्ने ठाउँ खोज्दै हिँडिरहेको’ चित्रणसमेत गरे।

नेपालले २०७४ सालमा कम्युनिष्ट पार्टीले बहुमत ल्याउँदा संविधान संशोधन र ऐन–कानून निर्माणमा गति दिन नसक्नुको दोष ओलीलाई दिँदै पार्टी कार्यकर्तालाई समाज परिवर्तनतर्फ सक्रिय हुन आह्वान गरे।

 

प्रतिकृया दिनुहोस्

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...