News Portal

ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

१८१ पटक

काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक भेटघाटमा बोलेका भनाइ गलत रूपमा प्रस्तुत गरिएको भन्दै आफ्नो सचिवालयले आपत्ति जनाएको छ।

सचिवालयका अनुसार काठमाडौँ जिल्लाका महाधिवेशन प्रतिनिधिसँग भएको कार्यक्रम प्रशिक्षणमूलक नभई अनौपचारिक छलफल मात्र थियो। केही सञ्चार माध्यमले अध्यक्ष ओलीका भनाइहरू “विद्या भण्डारीबाहेक कसैको दम छैन” वा “विद्याले छाडे सबै मिल्छ” जस्ता रूपमा फैलाएको खण्डन गरिएको छ।

विज्ञप्तिमा भनिएको छ कि भेटघाटमा ओलीले पार्टीको ऐतिहासिक संघर्ष, पार्टी हित विपरीत व्यक्तिगत स्वार्थले पुगेका असर, पार्टी नीति, सरकारको विकास र सुशासनका प्रयासबारे आफ्नो दृष्टिकोण राखेका थिए। साथै, भण्डारीलाई आफूलेजति सम्मान र माया अरूले नगरेको तर अहिले पार्टी विरोधमा लाग्नु अस्वाभाविक भएको भन्दै आश्चर्य व्यक्त गरिएको छ।

सचिवालयले भण्डारीले पार्टीमा विधिवतरुपमा सदस्यता नलिएर मिडिया र अन्य नेतासँग भेटघाट गरी सक्रिय राजनीतिमा आउन खोज्नु पार्टीको एकता र लक्ष्यका लागि असहज भएको जनाएको छ। अध्यक्ष ओलीले उनलाई अहिलेको सम्मानजनक हैसियतमा रहेकै बेला राजनीतिमा समस्या खडा नगर्न आग्रह गरेका थिए।

सचिवालयले यसरी समाचारलाई भ्रामक र मनगढन्ते भन्दै स्पष्ट खण्डन गरेको हो।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...