News Portal

ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

२३१ पटक

काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक भेटघाटमा बोलेका भनाइ गलत रूपमा प्रस्तुत गरिएको भन्दै आफ्नो सचिवालयले आपत्ति जनाएको छ।

सचिवालयका अनुसार काठमाडौँ जिल्लाका महाधिवेशन प्रतिनिधिसँग भएको कार्यक्रम प्रशिक्षणमूलक नभई अनौपचारिक छलफल मात्र थियो। केही सञ्चार माध्यमले अध्यक्ष ओलीका भनाइहरू “विद्या भण्डारीबाहेक कसैको दम छैन” वा “विद्याले छाडे सबै मिल्छ” जस्ता रूपमा फैलाएको खण्डन गरिएको छ।

विज्ञप्तिमा भनिएको छ कि भेटघाटमा ओलीले पार्टीको ऐतिहासिक संघर्ष, पार्टी हित विपरीत व्यक्तिगत स्वार्थले पुगेका असर, पार्टी नीति, सरकारको विकास र सुशासनका प्रयासबारे आफ्नो दृष्टिकोण राखेका थिए। साथै, भण्डारीलाई आफूलेजति सम्मान र माया अरूले नगरेको तर अहिले पार्टी विरोधमा लाग्नु अस्वाभाविक भएको भन्दै आश्चर्य व्यक्त गरिएको छ।

सचिवालयले भण्डारीले पार्टीमा विधिवतरुपमा सदस्यता नलिएर मिडिया र अन्य नेतासँग भेटघाट गरी सक्रिय राजनीतिमा आउन खोज्नु पार्टीको एकता र लक्ष्यका लागि असहज भएको जनाएको छ। अध्यक्ष ओलीले उनलाई अहिलेको सम्मानजनक हैसियतमा रहेकै बेला राजनीतिमा समस्या खडा नगर्न आग्रह गरेका थिए।

सचिवालयले यसरी समाचारलाई भ्रामक र मनगढन्ते भन्दै स्पष्ट खण्डन गरेको हो।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...