News Portal

महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

२६६ पटक

काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार भेटवार्ता गरे।

इजरायल भ्रमणपछि फर्किएकी आमा–बहिनीले यसअघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर छोरा विपिनको रिहाइका लागि पहल गर्न अनुरोध गरेकी थिइन्।

इजरायलमा रहेको समयमा उनीहरूले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न देशका राजदूतहरूसँग भेट गरी विपिनको बन्धक बनाइएका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएका थिए।

भेटका क्रममा पद्मा जोशीले विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न राष्ट्रपति पौडेलसँग आग्रह गरिन्। राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि थप पहल गर्ने आश्वासन दिएका छन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...