News Portal

उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

२८१ पटक

काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी छन्। तर तीमध्ये १० पटक उनी सभामुखको स्वीकृति लिनु पर्ने कानुनी प्रक्रिया पालना नगरी अनौपचारिक रूपमा विदेश गएकी रहेकी छिन्।

एमाले सांसद योगेश भट्टराईले बिहीबारको प्रतिनिधि सभा बैठकमा उपसभामुखको विदेश भ्रमणको तथ्य प्रस्तुत गर्दै उनको आचरणप्रति प्रश्न उठाए। उनले भने, “जनप्रतिनिधि र संसद नेतृत्व गर्ने पदमा रहँदा कानुनको पालना नगरी विदेश जानु उपयुक्त होइन। यसले आम नागरिकमा भ्रम सिर्जना गर्छ।”

राना मगर औपचारिक रूपमा सिंगापुर, चीन, रसिया र अन्य देशमा भ्रमण गरेकी थिइन्। सन् २०२३ मा सिंगापुरको अन्तर्राष्ट्रिय व्यापार तथा डब्ल्यूटीओ संसदीय कार्यशालामा सहभागी भइन् भने चीनको गुइयाङमा भएको इको फोरम ग्लोबल कार्यक्रममा पनि गएकी थिइन्। २०२४ मा रसिया र लिन्झी (चीन) भ्रमण गरिन् र २०२५ मा बंगलादेशसहितका देशमा पुगिन्।

अनौपचारिक भ्रमणमा उनले अमेरिका ४ पटक, भारत ३ पटक, र स्पेन, बंगलादेश तथा हङकङ एक–एक पटक भ्रमण गरेकी छिन्। प्रतिनिधि सभाको सचिवालयका अनुसार उपसभामुखले १० वटा भ्रमणबारे सामान्य जानकारी मात्र पठाएको र औपचारिक स्वीकृति नलिएको देखिएको छ।

सत्तारुढ दल एमाले र नेपाली कांग्रेसले उपसभामुखको आचरणप्रति असन्तुष्टि जनाउँदै पदबाट हटाउने प्रयास गरिरहेका छन् भने रास्वपाले यसको विरोध गरिरहेको छ। उपसभामुखको विदेश भ्रमण सूची सार्वजनिक भएपछि पदीय आचारसंहितामाथि फेरि बहस सुरु भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...