News Portal

उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

३९० पटक

काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी छन्। तर तीमध्ये १० पटक उनी सभामुखको स्वीकृति लिनु पर्ने कानुनी प्रक्रिया पालना नगरी अनौपचारिक रूपमा विदेश गएकी रहेकी छिन्।

एमाले सांसद योगेश भट्टराईले बिहीबारको प्रतिनिधि सभा बैठकमा उपसभामुखको विदेश भ्रमणको तथ्य प्रस्तुत गर्दै उनको आचरणप्रति प्रश्न उठाए। उनले भने, “जनप्रतिनिधि र संसद नेतृत्व गर्ने पदमा रहँदा कानुनको पालना नगरी विदेश जानु उपयुक्त होइन। यसले आम नागरिकमा भ्रम सिर्जना गर्छ।”

राना मगर औपचारिक रूपमा सिंगापुर, चीन, रसिया र अन्य देशमा भ्रमण गरेकी थिइन्। सन् २०२३ मा सिंगापुरको अन्तर्राष्ट्रिय व्यापार तथा डब्ल्यूटीओ संसदीय कार्यशालामा सहभागी भइन् भने चीनको गुइयाङमा भएको इको फोरम ग्लोबल कार्यक्रममा पनि गएकी थिइन्। २०२४ मा रसिया र लिन्झी (चीन) भ्रमण गरिन् र २०२५ मा बंगलादेशसहितका देशमा पुगिन्।

अनौपचारिक भ्रमणमा उनले अमेरिका ४ पटक, भारत ३ पटक, र स्पेन, बंगलादेश तथा हङकङ एक–एक पटक भ्रमण गरेकी छिन्। प्रतिनिधि सभाको सचिवालयका अनुसार उपसभामुखले १० वटा भ्रमणबारे सामान्य जानकारी मात्र पठाएको र औपचारिक स्वीकृति नलिएको देखिएको छ।

सत्तारुढ दल एमाले र नेपाली कांग्रेसले उपसभामुखको आचरणप्रति असन्तुष्टि जनाउँदै पदबाट हटाउने प्रयास गरिरहेका छन् भने रास्वपाले यसको विरोध गरिरहेको छ। उपसभामुखको विदेश भ्रमण सूची सार्वजनिक भएपछि पदीय आचारसंहितामाथि फेरि बहस सुरु भएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...