News Portal

सकारात्मक सोचले मात्र देश अगाडि बढ्छ : प्रधानमन्त्री ओली

१९४ पटक

काठमाडौं, भदौ ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका क्रममा नकारात्मक प्रवृत्तिले बाधा पुर्‍याइरहेको भन्दै सबैलाई सकारात्मक दृष्टिकोणसहित अघि बढ्न आग्रह गरेका छन्।

विहीबार साँझ सिस्नुपानी नेपालले प्रस्तुत गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा भएका उपलब्धिहरूको चर्चा भन्दा पनि आलोचना र नकारात्मक टिप्पणी बढी हुने गरेको भन्दै चिन्ता व्यक्त गरे। “हामीकहाँ अलिकति नकारात्मक एटिट्युड बनेको छ। सकारात्मक सोचको विकास गरेर अघि बढ्ने हो भने देश बन्न समय लाग्दैन,” उनले भने।

प्रधानमन्त्री ओलीले आफूमाथि भएका व्यंग्यलाई लिएर पनि टिप्पणी गरे। उनका अनुसार, केही नगर्नेहरूले केही गर्नेप्रति मात्र प्रहार गर्ने प्रवृत्ति छ। “म त झापाको टाढाको कुनाबाट आएको मान्छे, तर पनि कर्णालीका लागि ठोस काम गरेको छु। प्रतिष्पर्धा गर्ने आधार पनि छ,” उनले भने।

ग्याँसको खोजीको उदाहरण प्रस्तुत गर्दै उनले पहिले ‘ग्याँस पाइँदैन’ भन्दै व्यंग्य गर्नेहरूले अहिले ग्याँस भेटिए पनि त्यसबारे बोल्न चाहेनन् भन्ने गुनासो गरे। “विश्वविद्यालय खोलियो, बाटो बन्यो, सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरियो—तर यस्ता कामको चर्चा नै भएन,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

कर्णाली प्रदेशबारे कुरा गर्दै उनले कमजोरीलाई सच्याउँदै अघि बढ्ने हो भने प्रदेशलाई सक्षम बनाउन सकिने बताए। “बन्छ कर्णाली, बनाउनुपर्छ। कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्छ,” प्रधानमन्त्री ओलीले जोड दिए।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...