News Portal

  • संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

    १३९ पटक

    काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त नभई वैधता र पार्टीभित्र आत्मविश्वासको पनि आवश्यकता हुने बताएका छन्।

    बुधबार काठमाडौंमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने, “हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं, त्यो संख्याको आधारमा हुन्छ। लोकतन्त्रमा संख्याको आधारमा निर्णय गर्न पाइन्छ। तर, मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन।”

    उनले निर्णय केवल वैधानिक मात्र नभई वैध पनि हुनुपर्नेमा जोड दिँदै, “पार्टीमा निर्णय गर्दा बहुमतको आधारमा भए पनि सदस्यहरूले स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने कुरा हेर्नुपर्छ। लोकतन्त्र चलाउन वैधता अपरिहार्य छ,” बताए।

    थापाले पार्टीभित्र आत्मविश्वास र शुद्धताको आवश्यकता औँल्याउँदै भने, “आज नेपाली समाजमा चरम असन्तुष्टि छ। यसबाट समाजलाई बाहिर निकाल्न कांग्रेसले अग्रसर हुनुपर्छ। त्यसका लागि पार्टीमा आत्मविश्वास र शुद्धता जरुरी छ।”

    महामन्त्रीले थपे, “राष्ट्रिय पार्टीको मान्यता चुनाव जितेर मात्रै हुँदैन। नेपाली कांग्रेस चुनाव नलडे पनि राष्ट्रिय पार्टी हो। चुनौतिहरू बुझ्ने, सम्बोधन गर्ने र समाधानतर्फ अघि बढ्ने क्षमता भएको पार्टी नै राष्ट्रिय शक्ति हो।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको...

    ६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

    काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष...

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...

    नेपाल राष्ट्र बैंकले एटीएम निकासी सीमा घटायो

    काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय...