News Portal

संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

३५६ पटक

काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त नभई वैधता र पार्टीभित्र आत्मविश्वासको पनि आवश्यकता हुने बताएका छन्।

बुधबार काठमाडौंमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने, “हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं, त्यो संख्याको आधारमा हुन्छ। लोकतन्त्रमा संख्याको आधारमा निर्णय गर्न पाइन्छ। तर, मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन।”

उनले निर्णय केवल वैधानिक मात्र नभई वैध पनि हुनुपर्नेमा जोड दिँदै, “पार्टीमा निर्णय गर्दा बहुमतको आधारमा भए पनि सदस्यहरूले स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने कुरा हेर्नुपर्छ। लोकतन्त्र चलाउन वैधता अपरिहार्य छ,” बताए।

थापाले पार्टीभित्र आत्मविश्वास र शुद्धताको आवश्यकता औँल्याउँदै भने, “आज नेपाली समाजमा चरम असन्तुष्टि छ। यसबाट समाजलाई बाहिर निकाल्न कांग्रेसले अग्रसर हुनुपर्छ। त्यसका लागि पार्टीमा आत्मविश्वास र शुद्धता जरुरी छ।”

महामन्त्रीले थपे, “राष्ट्रिय पार्टीको मान्यता चुनाव जितेर मात्रै हुँदैन। नेपाली कांग्रेस चुनाव नलडे पनि राष्ट्रिय पार्टी हो। चुनौतिहरू बुझ्ने, सम्बोधन गर्ने र समाधानतर्फ अघि बढ्ने क्षमता भएको पार्टी नै राष्ट्रिय शक्ति हो।”

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...