News Portal

बालुवाटार बैठकमा उपसभामुख रानाको पदमुक्ति: प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेसको सहमति

२१८ पटक

काठमाडौं, भदौ ३ – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक भएको छ। बैठकको मुख्य विषय उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने प्रस्ताव रहेको स्रोतहरूले बताएका छन्। सामाजिक सञ्जाल विधेयकमाथि छोटो छलफल भए पनि बैठकमा सबैको ध्यान उपसभामुख रानाको भविष्यतर्फ केन्द्रित थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा भनेका थिए कि रास्वपाका सांसदहरूले मानव तस्करीको मुद्दामा संसद्‌मा निरन्तर आवाज उठाइरहेका छन्। “मानव तस्कर उनीहरुकै पार्टीभित्र छन्, उपसभामुख भएर बसेका छन्। अब प्रक्रिया अघि बढाउनुपर्छ,” प्रधानमन्त्री ओलीले स्रोतको उद्धृत गर्दै भनेका छन्।

कांग्रेसले पनि उपसभामुख रानाको पदमुक्तिमा सहमति जनाएको छ। बैठकमा दुवै दलका नेताहरू तथा महान्यायाधिवक्तालाई समेत राखिएको थियो। कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकसँगको भिजिट भिसा विवादले रास्वपाले कारबाहीको माग गर्दै आएका थिए, जसले सहमतिमा मद्दत गरेको बताइएको छ।

जानकारका अनुसार प्रधानमन्त्री ओली केही समयदेखि उपसभामुख रानालाई पदमुक्त गर्न चाहँदै आएका थिए। तर पूर्वमा कांग्रेस सभापति शेरबहादुर देउवाले बारम्बार सहमति नदिएकाले प्रक्रिया ढिला भएको थियो। सर्वोच्च अदालतमा ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा विचाराधीन रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखिएको थिएन।

बैठकपछि दुवै दलले सांसदहरूलाई मंगलबार ११ बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्। अब उपसभामुख रानाको पदमुक्ति प्रक्रियामा थप गति आउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...