News Portal

तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

१९५ पटक

काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक खुलस्त प्रतिक्रिया दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यतिबेलाको अनुभव र आफ्नो कदमबारे विवरण प्रस्तुत गरे।

प्रसाईंका अनुसार, घटनाको दिन आफूलाई मार्ने योजना रहेको कुरा थाहा पाएपछि उनी प्रहरीकै उपस्थितिमा गएर सुरक्षा सुनिश्चित गर्न बाध्य भएका थिए। उनले भने, “म गाडी लिएर प्रहरीकोमा गएँ। मार्ने योजना भए पनि केही व्यक्तिमा मात्र केन्द्रित थियो भन्ने लागेर मैले प्रहरीको गुँडभित्रै प्रवेश गरेँ।”

त्यसपछि एक डीएसपीले उनलाई सम्मानपूर्वक कार्यक्रम सम्पन्न गर्न सुझाव दिएका थिए। प्रसाईंले मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकहरूलाई संयमित रहन आग्रह समेत गरेका थिए।

सिभिलका एक प्रहरीबाट आफूलाई मार्ने योजना रहेको सूचना पाएपछि तत्काल उपत्यका छाड्नुपरेको प्रसाईंले बताएका छन्। “कर्फ्यु लाग्दा म उपत्यका बाहिर थिएँ। मलाई इन्काउन्टरको आदेश आएको थियो,” उनले बताए।

उनी थप्छन्, “देशमा मदन भण्डारी जीवित भएको भए अरूको अवसर नआउँथ्यो। त्यसैले मदन भण्डारीको हत्या भएको हो।”

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...