News Portal

ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग

३०१ पटक

काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको तत्काल राजीनामा माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। शाहीले इजरायलमा हमासको नियन्त्रणमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारमा परराष्ट्र मन्त्रालयले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै मन्त्रालयको कार्यक्षमता र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएका हुन्।

शाहीले सामाजिक सञ्जालमार्फत मन्त्री र मन्त्रालयका कर्मचारीहरूको आलोचना गर्दै उल्लेख गरे, “नागरिकको जीवन रक्षा गर्न असक्षम र दुःखमा परेका नागरिकलाई आवश्यक सहयोग नगर्ने परराष्ट्र मन्त्री तथा कर्मचारीहरूले पदमा रहिरहनु कुनै औचित्य छैन।”

उनले विपिन जोशीको आमा र बहिनीले इजरायलमा गरिरहेको संघर्ष र पीडालाई उद्धृत गर्दै, सरकार र परराष्ट्र मन्त्रालयको निष्क्रियताप्रति चिन्ता व्यक्त गरेका छन्। शाहीले नेपाली नागरिकको जीवन र सुरक्षा सुनिश्चित गर्नु राज्यको प्राथमिक जिम्मेवारी भएको भन्दै, मन्त्रालयले प्रभावकारी कूटनीतिक पहल नगरेकोमा दुःख व्यक्त गरेका छन्।

शाहीले परराष्ट्र मन्त्रालयका लागि तीनवटा प्रमुख निर्देशन दिएका छन्:

१. विपिन जोशीको सकुशल रिहाइका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्नु;

२. इजरायलमा रहेका परिवारलाई आवश्यक मानसिक, नैतिक र कूटनीतिक सहयोग उपलब्ध गराउनु;

३. भविष्यमा विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन रणनीति र कूटनीतिक संयन्त्रलाई सुदृढ गर्नु।

ज्ञानेन्द्र शाहीको अनुसार, परराष्ट्र मन्त्रालयले यस्ता संवेदनशील परिस्थितिमा तत्काल ठोस कदम चालेर नेपाली नागरिकको जीवन र सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...