News Portal

सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्ने प्रधानमन्त्री ओलीको जोड

२२८ पटक

काठमाडौं, साउन ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई अनिवार्य रूपमा कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार आईसीटी फाउन्डेसनले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ–२०२५’ को उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले सामाजिक सञ्जालहरूले नेपालको प्रचलित कानुनअनुसार दर्ता गर्न, कर तिर्न र अन्य कानुनी दायित्व पूरा गर्नुपर्ने स्पष्ट पारे। यसअघि नै उनले यस विषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेका छन्।

“सूचना प्रविधिसम्बन्धी सबै कारोबार सरकारलाई थाहा हुनुपर्छ। कानुनअनुसारको दायित्व पूरा गरेर मात्र सञ्चालन गर्न पाइन्छ,” प्रधानमन्त्री ओलीले भने। उनले सूचना प्रविधिको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी ल्याउन सकिने उल्लेख गर्दै लगानीकर्ताहरूलाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।

उनका अनुसार सरकार जनताको हितका लागि सूचना प्रविधिको विकास र प्रवर्द्धनमा आवश्यक सहयोग गर्नेछ। ओलीले आफ्नो मध्यपाहाडी यात्राको क्रममा रुकुमका दुर्गम गाउँमा रहेका बुढापाकाहरूले पनि फेसबुक प्रयोग गरेर फोटो हेर्न सक्ने भएको सुनेर खुसी लागेको अनुभव सुनाए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...