News Portal

प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

२४५ पटक

काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको छ। चीनको तियानजिन शहरमा अगस्ट ३१ र सेप्टेम्बर १ मा आयोजना हुने बहुराष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुन उहाँ चीन जान लाग्नुभएको हो।

सो सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको उपस्थिति रहनेछ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुने तय भएको छ। सम्मेलनकै क्रममा प्रधानमन्त्री ओली र यी दुई नेताबीच औपचारिक भेटवार्ता हुने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ।

यसअघि, सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागिताबारे छलफल भए पनि अन्ततः प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली टोली चीन जाने निर्णय गरिएको हो।

चीन भ्रमण सम्पन्न गरेपछि प्रधानमन्त्री ओलीले भारतको औपचारिक यात्रा गर्ने योजना समेत बनाइएका छन्। गत वर्ष प्रधानमन्त्रीको पद सम्हालेपछि पहिलो वैदेशिक यात्रा चीनमै गरेका ओलीको यो एक वर्षभित्रको दोस्रो चीन यात्रा हुनेछ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...