News Portal

प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

३५३ पटक

काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको छ। चीनको तियानजिन शहरमा अगस्ट ३१ र सेप्टेम्बर १ मा आयोजना हुने बहुराष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुन उहाँ चीन जान लाग्नुभएको हो।

सो सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको उपस्थिति रहनेछ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुने तय भएको छ। सम्मेलनकै क्रममा प्रधानमन्त्री ओली र यी दुई नेताबीच औपचारिक भेटवार्ता हुने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ।

यसअघि, सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागिताबारे छलफल भए पनि अन्ततः प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली टोली चीन जाने निर्णय गरिएको हो।

चीन भ्रमण सम्पन्न गरेपछि प्रधानमन्त्री ओलीले भारतको औपचारिक यात्रा गर्ने योजना समेत बनाइएका छन्। गत वर्ष प्रधानमन्त्रीको पद सम्हालेपछि पहिलो वैदेशिक यात्रा चीनमै गरेका ओलीको यो एक वर्षभित्रको दोस्रो चीन यात्रा हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...