News Portal

युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुन्छः डा संग्रौला

३३६ पटक

काठमाडौं। नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख एवं पूर्व सांसद डा. डिला संग्रौला पन्तले युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुने बताएकी छन्।

काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलद्वारा आयोजित नमुना संघीय सभालाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै संग्रौलाले भनिन् ‘तपाईँहरू परिवर्तनका वाहक हुनुहुन्छ। निराश होइन, आशावादी बनौं। गुनासो मात्रै होइन, समाधान पनि खोज्ने बानी गरौं। समाजप्रति उत्तरदायी, सचेत र संलग्न नागरिक बन्नुहोस्। लोकतन्त्रलाई गाली होइन, जिम्मेवारी चाहिन्छ। तपाईंको सोच, आवाज र निर्णयले देश बदल्न सक्छ।’

नेपाली कांग्रेस सधैं युवाको साथमा रहेको बताउँदै मोडल संसद्का अभ्यासहरूबाट उर्जा, प्रतिबद्धता र सिर्जनात्मक विचारहरू आउने विश्वास पनि व्यक्त गरिन्। उनले भनिन् ‘गएको दश वर्षको हाम्रो अभ्यासको आधारमा संविधान संशोधनको अवश्यकता देखिएको छ। त्यसको नेतृत्व पनि नेपाली कांग्रेसले लिनुपर्छ र लिन पनि लागेको छ। अब लोकतन्त्रको रक्षा, संघीयताको सकारात्मक अभ्यास र न्यायपूर्ण समाज निर्माणमा हामी सबै मिलेर अघि बढ्नु पर्छ।’

आजका विद्यार्थी भोलिका सांसद, मन्त्री, वैज्ञानिक, चिकित्सक र उद्यमी हुने बताउँदै गुणस्तरीय, सुलभ र व्यावसायिक शिक्षा सबैको प्राथमिकता हुनु पर्ने कुरामा जोड पनि दिइन्। ‘कांग्रेसले सार्वजनिक शिक्षालाई बलियो बनाउने, निजी शिक्षाको नियमन गर्ने र प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने नीति लिएको छ। युवामा स्वरोजगार र स्टार्टअप प्रवद्र्धन गर्न राज्यले विशेष सहयोग गर्नुपर्छ।’ डिलाले भनिन्।

संसद् नीति निर्माण गर्ने, कार्यपालिका माथि निगरानी गर्ने र जनताको आवाजलाई प्रतिनिधित्व गर्ने मञ्च भएकाले संसद्को मर्यादा कायम राख्न दलहरूनै जिम्मेवार हुनुपर्नेमा जोड पनि दिइन्।

काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलकी प्रिन्सिपल तथा निर्देशक सुनिता पौडेलले विद्यार्थीहरुलाई नेपालको संघीय प्रणाली तथा कानून निर्माणको सैद्धान्तिक एवं प्रयोगात्मक अभ्यासबारे जानकारी दिनुका साथै उनीहरुमा आत्मविश्वास, वक्तृत्व कला तथा सामाजिक अन्तरक्रिया क्षमता विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको जनाइन्। उनले कार्यक्रम सफल पार्न सघाउने सबैलाई धन्यवाद पनि दिइन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...