News Portal

यूएई सरकारले दियो अवैध कामदारलाई थप एक महिना, १ हजार नेपाली स्वदेश फर्किए !

हिमाली संचार संवाददाता
६८६ पटक

रूपेश अधिकारी
युएई : युएई सरकारले देशमा रहेका अबैधानिक कामदारलाई वैध बन्न दिएकोे आममाफी योजनाको अवधि पुनः एक महिना थप गरेको छ । अब यस्ता कामदारले जनवरी २ सम्म समय पाएका छन् ।

युएईको राष्ट्रिय दिवशका अवसरमा डिसेम्बर २ देखि लागू हुनेगरी आममाफी पुन एक महिना थप गरिएको युएईका संचार माध्यमले जनाएका छन् । सुरुमा दिइएको ३ महिनाको म्याद अक्टोबर ३० मा सकिएको थियो । त्यसपछि थपिएको एक महिनाको समय पनि मंसिर १ मा सकिएको थियो ।

एक हजार नेपाली स्वदेश फर्किए !
गत साउन १६ गतेदेखि मंसिर १ सम्म चलेको आममाफी प्रक्रियाबाट १ हजार भन्दा बढि नेपाली घर फर्किएका छन् । धेरैले वैध भएर यहीँ काम गर्न इच्छाएको पाइयो ।

दूतावास मार्फत १ सय ४५ जनाले राहदानी बनाएका थिए । उनीहरुमध्ये धेरैले जागिर खोज्ने प्रयोजनको लागि ६ महिने भिसा लगाएका छन । १ सय ८८ जनाले ट्राभल डकुमेण्ट बनाएर नेपाल फर्किएको दूतावासको राहदानी फााटमा कार्यरत तृतीय सचिव केशबराज पोखरेलले बताए ।

आममाफी प्रकृयामा सहभागी हुनेमा पुरुषभन्दा महिलाको सख्या धेरै रहेको उनले जानकारी दिए । तर एकिन तथ्यांक दुतावासलाई प्राप्त भइसकेको छैन ।

युएई सरकारले अबैधानिक बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका कामदारलाईर् वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पुरा गरी मुलुक र्फकन आग्रह गरेको थियो । युएईमा अवैधानिक बसेका विदेशी नागरिकमध्ये बङ्लादेशी नागरिक सबैभन्दा धेरै छन् ।

भिजिट भिषामा आएर ओभर स्टे गरेका, घरेलु महिला कामदार, बिचमा काम खोजेर बस्नेहरु तथा राहदानी नभएर अवैधानिक भएका नेपाली आममाफी प्रकृयामा सहभागी भएका हुन् । स्वदेश फर्किने कामदारलाई दुतावासले सहजीकरण गरेको थियो ।उनीहरुको सहजताका लागि दूतावासले युएईको विभिन्न स्थानबाट घुम्ती शिविरमार्फत सेवा दिएको थियो ।

नेपाल फर्किन चाहने कोही पनि नेपाली नछुटेको कार्यवाहक राजदुत सागरप्रसाद फुयाालले अनलाइनखबरलाई बताए । आममाफी प्रकृयामा सहभागी भइ स्वदेश फर्किएका नागरिक भविष्यमा पुनः युएई आउन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...