News Portal

फेरि कुवेतमा एक नेपाली महिलाको मृत्यु

हिमाली संचार संवाददाता
८१९ पटक

कुवेत : झापा जिल्लाको गौरादह वडा नम्बर -५ घर भइ कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आउनुभएकि ३८ बर्षिया रमा श्रेष्ठको २०१८ डिसेम्बर २ तारिख आइतबार बिहान मृत्यु भएको छ ।

मृतक रमा श्रेष्ठको मृत्युको बारेमा प्रारम्भिक जानकारी आएता पनि मृत्युको सत्य तथ्य कारण पूर्ण रुपमा र प्रहरी रिपोर्ट आउँन अझै बाकि रहेको नेपाली राजदूतावास कुवेतका द्वितीय सचिब ज्ञान बहादुर मगरले जानकारी दिएका छन् ।

सचिव मगरले मृतकको पूर्ण जानकारी र रिपोर्ट आएपछि घर परिवारमा समन्वय गरि मृतकले पाउने पर्ने सेवा सुबिधा लगायत सम्पूर्ण कानुनि प्रक्रिया पुरा गरि शव छिट्टै नेपाल पठाउन दूतावास कुवेतले सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

मृतक रमा श्रेष्ठकि छोरी सविना श्रेष्ठ पनि कुवेतमै एक बर्ष अघि देखि घरेलु कामगर्दै आएकी छिन। सविनाले आफ्नी आमाको मृत्यु पछी भावुक हुदै भनिन ,म कुवेत आएको एक बर्ष भएतापनि आफ्नो मम्मी संग भेटघात गर्न नपाएको बताउछिन । दुइ दिन अघि फोनमा कुरा गर्दा छाति तथा ढाड र पेट दुखि रहेको उनले बताउछिन । सविना भावुक हुदै भन्छिन मम्मिलाई म संग भेटनै जुराएको रहेन्छ कुवेतमा।

प्राप्त जानकारी अनुसार मृतक रमा श्रेष्ठ पटकपटक गरि ११ बर्ष देखि कुवेतमा कार्यरत थिइन् भने बिगत ५ बर्ष देखि साहुको घरबाट भागेर अवैधानिक रुपमा लुकी छिपी काम गर्दै आएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...