News Portal

अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिन, न्याय परिषद्मा तानिए

२९७ पटक

काठमाडौं, असार ५ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरका दुई न्यायाधीश न्याय परिषद्मा तानिएका छन्। उनीहरूविरुद्ध परेको उजुरीको गम्भीरता हेरेर परिषद्ले छानबिन प्रक्रिया अघि बढाएको हो।

न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनले वीरगन्जस्थित अस्थायी इजलासबाट गत जेठ १४ गते आलमलाई सफाइ दिएका थिए। आलममाथि २०६४ सालमा रौतहटको राजपुरमा बम विस्फोट गराई त्यसमा घाइते भएका व्यक्तिहरूलाई जिउँदै इँट्टाभट्टामा हालेर हत्या गराएको आरोप लागेको थियो। सो घटनामा जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो। तर उच्च अदालत जनकपुरले सो निर्णय उल्टाउँदै सफाइ दिएको थियो।

न्यायाधीश थारु र महर्जनविरुद्ध दुईवटा उजुरी दर्ता भएका छन्। विस्फोटमा ज्यान गुमाएका त्रिलोकप्रताप सिंह (पिन्टु) का पिता श्रीनारायण सिंह राजपूतले गत मंगलबार न्यायाधीशद्वयमाथि कारबाहीको माग गर्दै उजुरी दिएका थिए। त्यसअघि जेठ १६ गते युवराज पौडेल ‘सफल’ ले पनि उनीहरूविरुद्ध उजुरी दर्ता गराएका थिए।

न्याय परिषद्का एक उच्च स्रोतका अनुसार उजुरीहरू गम्भीर प्रकृतिका भएकाले छानबिन समिति गठन गरिएको छ। अब सो समितिले छानबिन गरी थप प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...