News Portal

काठमाडौं महानगरमा चाँडै कार्यपालिका र नगरसभा बैठक बस्ने तयारी, उपप्रमुखसँगको वार्ता सकारात्मक

२६९ पटक

काठमाडौं, जेठ २९ – लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक अब चाँडै बस्ने भएको छ। मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले उपप्रमुख सुनिता डंगोलसँगको पछिल्लो छलफल सकारात्मक बनेको जानकारी दिएको छ।

महानगरका प्रमुख स्वकीय सचिव भूपदेव शाहले हिमाली सञ्चारसँग कुरा गर्दै कार्यपालिका र नगरसभा बैठक छिट्टै आह्वान हुने बताएका छन्। उनका अनुसार छलफल निकै सकारात्मक भएको छ र बैठक राख्ने विषयमा सहमति बनिसकेको छ। ‘विशेषगरी कार्यपालिका र नगरसभा बैठक राख्नेबारे राम्रो कुराकानी भयो,’ शाहले बताए।

बैठकमा तीन जना वडाध्यक्षहरू समेत सहभागी थिए। उनीहरूले बजेट जनभावनाअनुकूल ल्याउनुपर्ने माग गर्दै बैठक आह्वान गर्न जोड दिएका थिए। सचिवालयका अनुसार अब बजेटको सिलिङ निर्धारण गर्न अर्को बैठक पनि छिट्टै बस्नेछ।

यता, महानगरपालिकाको कार्यपालिका बैठक करिब पाँच महिनादेखि बस्न सकेको थिएन। गत पुस १४ गते १६ औं नगरसभा बैठक अगाडि मात्रै कार्यपालिका बैठक बसेको थियो। त्यसयता कार्यपालिका बैठक नबसेपछि मेयर बालेनप्रति आलोचना चुलिएको थियो। वडाध्यक्षहरू पनि निरन्तर बैठक राख्न दबाब दिँदै आएका थिए।

अब भने उपप्रमुखसँगको सहमतिपछि काठमाडौं महानगरपालिकाले बजेट प्रक्रिया अघि बढाउने संकेत देखिएको छ। सचिवालयका अनुसार बजेट निर्माणका लागि आवश्यक तयारी प्रारम्भ भइसकेको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...