News Portal

१३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

हिमालीसंचार संवाददाता
२२१ पटक

काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्। संसद् अवरुद्ध भइरहँदा, यसको समाधान कसरी गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच भाषा र विधिको बिषयमा अझै पनि अन्तिम सहमति बन्न सकेको छैन।

आज दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकअघि पनि सहमतिको प्रयास जारी रहेको छ। सत्तारूढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार दलहरू बहुपक्षीय तथा दुई पक्षीय संवादमा जुटिरहेका छन्। सहमतिको मस्यौदा तयार गर्न सत्तापक्षले पहल लिएको छ भने विपक्षी दलहरू त्यसमा सशंकित देखिन्छन्।

सत्तापक्षले तयार पारेको प्रारम्भिक मस्यौदाको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानमा सहयोग पुर्‍याउने कुरा उल्लेख छ। दोस्रो बुँदामा भने अख्तियारले अनुसन्धान सकेपछि समग्र विषयलाई नियाल्न एक संयन्त्रको व्यवस्था गरिने भनिएको छ। तर, यसै भाषालाई लिएर विवाद चर्किएको छ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्र स्वयंले संयन्त्रको सट्टा ‘संसदीय छानबिन समिति’ वा ‘उच्चस्तरीय छानबिन समिति’ गठन गर्नुपर्ने अडान राखेका छन्। उनीहरू संयन्त्रजस्तो अस्पष्ट र कार्यक्षमता विहीन शब्दको प्रयोगले गम्भीर प्रकरणलाई कमजोर बनाउने तर्क गरिरहेका छन्।

यसै विषयमा साझा धारणा बनाउन अहिले दुवै पक्षको प्रस्तावलाई मिलाउने प्रयास भैरहेको छ। नेताहरूका अनुसार अन्तिम सहमति नजिकिँदै गएको भए पनि केही प्रमुख शब्द चयनमा अझै पनि मत मेलमिलाप हुन सकेको छैन।

१३ जेठदेखि लगातार संसद् अवरुद्ध गर्दै आएको प्रतिपक्षी दलहरूको कडा अडानका कारण प्रतिनिधिसभाको काम कारबाही ठप्प छ। यदि आज सहमति जुट्न सफल भयो भने, दिउँसो २ बजेबाट संसद् बैठक नियमित कार्यसूचीमा फर्कन सक्ने सम्भावना प्रवल देखिएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...