News Portal

बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

हिमालीसंचार संवाददाता
२७८ पटक

लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको सामुदायिक वेबसाइटको प्रकाशन पुन: सुरु गरिएको छ।

विभिन्न कारणले लामो समयदेखि निष्क्रिय रहेको उक्त प्लेटफर्म शुक्रबार (६ जुन २०२५) देखि औपचारिक रूपमा फेरि संचालनमा आएको छ।

“बेलायतमा बसोबास गर्ने नेपाली विद्यार्थी, परिवार र पेशाकर्मीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी एक भरपर्दो र प्रयोगकर्तामैत्री सूचना मंच को आवश्यकता लामो समयदेखि महसुस भइरहेको बेला Nepaluk.com अब अझ बलियो, विस्तारित र उद्देश्यपूर्ण रूपमा पुनः सञ्चालनमा आएको हो,” नेपालयुके डटकममा संस्थापक तथा संचालक कृष्ण भट्टले भने।

आजको यो पुनः शुभारम्भले लामो समयदेखिको एक महत्वपूर्ण अभावलाई पुरा गर्ने उनले विश्वास व्यक्त गरे।

बेलायतमा बसोबास गरिरहेका वा नेपालबाट आउन तयारी गरिरहेका नेपालीहरूका लागि विश्वसनीय जानकारी, व्यावहारिक सहयोग र समुदायको महसुस हुने गरी सूचना र जानकारी एकै थलोबाट उपलब्ध गराउन Nepaluk.com ले पुलको काम गर्ने उनले बताए।

“अब यहाँ कसैले पनि एक्लो महसुस गर्नु पर्दैन, प्रश्न सोध्न, सहयोग खोज्न, वा समुदायसँग जोडिन सकिने छ,” भट्टले भने ।

Nepaluk.com मा आवास सम्बन्धीविवरण, संस्थागत डायरेक्टरी, दूतावास सम्पर्क, समाचार र कार्यक्रमहरूको सूचना, सबै एकै ठाउँमा उपलब्ध छन् ।

यसबाहेक उक्त पोर्टलमा,

• बेलायतका विश्वविद्यालय र कलेजहरूको सूची
• नेपाली परिवारहरूले उपलब्ध गराएका आवासहरूको विवरण
• नेपाली व्यवसायहरूमा रोजगारीको अवसर
• कानुनी सल्लाह, भिसा मार्गदर्शन र शैक्षिक सहयोग सम्बन्धी जानकारी

यसैगरी, विदेशमा बसाई सुरु गर्दा आउने मानसिक तनाव, एक्लोपन, चिन्ता र आर्थिक समस्याहरूलाई बुझ्दै Nepaluk.com ले एक विशेष सूचना सेवा पनि सुरु गरेको  छ।

📞 सम्पर्क सहायता नम्बर: +44 (0) 7745917113
🕒 समय: सोम–शुक्र, बिहान १०:०० देखि साँझ ६:०० (युके समय)
📧 इमेल: [email protected]

उक्त फोनमार्फत सोधिएका प्रश्नहरु र प्रश्नकर्ताको विवरण गोप्य राखिने र व्यापारिक उद्देश्यले ती विवरण तेश्रो पक्षलाई उपलब्ध नगराइने भट्टले जनाए।

यस बाहेक बेलायतमा रहेका भूतपूर्व गोर्खा, तिनका परिवार तथा नेपाली समुदायका प्रेरणादायी कथा र समाचारहरू, सामुदायिक कार्यक्रम र सांस्कृतिक पर्वहरूको जानकारी साथै आफ्ना सेवाहरू प्रचार गर्ने, व्यवसाय प्रवर्द्धन गर्ने र अवसर बाँड्ने स्थानको रुपमा पनि उक्त पोर्टल रहने जनाइएको छ।

“चाहे तपाईं पहिलो पटक अध्ययनका लागि आउँदै हुनुहुन्छ, रोजगारीको खोजीमा हुनुहुन्छ, वा दोस्रो पुस्ताका नेपाली–बेलायती नागरिक हुनुहुन्छ — Nepaluk.com तपाईंको सन्देश, समर्थन र सम्पर्कको डिजिटल केन्द्र हो। समुदायद्वारा निर्मित, समुदायकै लागि पुस्ता र सिमाना पार गर्ने नेपालीहरूको लागि एक साझा डिजिटल थलोको विकास गर्न तपाईंहरु सबैको सुझाव,सल्लाह र सहयोगको हामीले अपेक्षा गरेका छौं,” भट्टले भने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...