News Portal

  • सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    रबिन्द्र बराल
    १६४ पटक

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित तीनदिने सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न भएको छ।

    उक्त तालिम रंगेली, सुनविर्षी, रतुवामाई र धनपालथान गाउँपालिकाका विभिन्न सहकारी संस्थाहरूलाई लक्षित गरी आयोजित गरिएको थियो। कार्यक्रमको उद्देश्य सहकारीको महत्व, भूमिका तथा सुशासनबारे सहभागीहरूलाई सचेत बनाउने रहेको थियो।

    कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिएअनुसार “मर्यादित सहकारीः समुन्नत समाज” भन्ने मूल नाराका साथ जेष्ठ २१ गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन गरिएको हो। तालिम सद्भाव बचत तथा ऋण सहकारी संस्था लि., रंगेलीको सभाहलमा सम्पन्न भएको थियो।

    सद्भाव बचत तथा ऋण सहकारी संस्था लि., रंगेलीका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुरले तालिममा रंगेली क्षेत्रका विभिन्न प्रवृत्तिका सहकारीहरूबाट महिला र पुरुष गरी ३० जना सहभागी रहेको जानकारी दिए।

    तालिम समापन कार्यक्रमका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

    कार्यक्रम कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीको आयोजना, जिल्ला सहकारी संघ, मोरङको समन्वय तथा सद्भाव बचत तथा ऋण सहकारी संस्था लि., रंगेलीको सहयोगमा सम्पन्न भएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...