News Portal

  • रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

    हिमालीसंचार संवाददाता
    २०५ पटक

    काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको डिल्लीबजार कारागारमा स्थानान्तरण गर्न गरिएको प्रयासमा राज्यपक्षको असहयोग रहेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

    पार्टीले सबै कानुनी प्रक्रिया पुरा गरी अदालतको निर्देशनसहित आवश्यक कागजातहरु बुझाइसके पनि कारागार व्यवस्थापन विभाग तथा गृह मन्त्रालयको मिलेमतोमा स्थानान्तरण प्रक्रिया रोकिएको आशंका व्यक्त गरेको छ।

    रास्वपाकी नेतृ प्रतिभा रावलले यस घटनालाई नियोजित रुपमा बुझ्नुपर्ने बताउँदै भनिन्, “सभापतिज्यूलाई काठमाडौं ल्याउन कानुन अनुसार नै निवेदन दिएका थियौं, अदालतले कागजात ल्याउन भनेको थियो, हामीले सबै प्रक्रिया पूरा गर्‍यौं। तर अन्तिम घडीमा कारागार व्यवस्थापन विभागले रोक लगायो। अब प्रश्न उठ्छ, यसमा गृह मन्त्रालयको संलग्नता छैन त?”

    उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिन थालेको वर्तमान अवस्थामा यो विषय ‘बार्गेनिङ कार्ड’ को रूपमा प्रयोग भइरहेको आशंका समेत व्यक्त गरिन्।

    रास्वपाका अनुसार, सभापति लामिछानेलाई डिल्लीबजार कारागार सार्ने विषयमा उच्च अदालत बुटवलको आदेशपश्चात जिल्ला कारागार कार्यालय रूपन्देहीले कारागार व्यवस्थापन विभागमा पत्राचार गरेको थियो। रविले स्वयम् पनि काठमाडौं सार्न अनुरोध गर्दै निवेदन दिएका थिए।

    गएको चैत २२ गते उच्च अदालत बुटवलले सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण रिट अस्वीकृत भएपछि अहिले उनी रूपन्देही कारागारमा थुनामा छन्।

    “राज्यले कुनै पनि व्यक्तिको मानव अधिकारको रक्षा गर्नुपर्ने संवैधानिक दायित्व बिर्सन मिल्दैन,” नेतृ रावलको भनाइ छ, “सभापतिज्यूलाई काठमाडौं ल्याउन रोकिनु न्यायिक प्रक्रियामा हस्तक्षेप मात्र होइन, अधिकारमा ठाडो हस्तक्षेप पनि हो।”

    रास्वपाले यस विषयमा चाँडै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...