News Portal

बिहे विवादले निम्त्यायो रगतको भेल : युवाद्वारा बुबा र छिमेकीको हत्या

हिमालीसंचार संवाददाता
३७१ पटक

रुपन्देही, जेठ २३ – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अमरैयामा पारिवारिक विवादले भीषण रूप लिँदा एउटै घटनामा दुई जनाको ज्यान गएको छ। २५ वर्षीय हेमराज थारुले आफ्नै ५० वर्षीय बुबा जयराम थारुलाई कोदालो प्रहार गरी विभत्स हत्या गरेका छन्। बुवालाई जोगाउन आएका छिमेकी ७० वर्षीय नाथु धरिकारको समेत ज्यान गएको छ।

शुक्रबार बिहान करिब १०:३० बजे भएको यस घटनामा हेमराजले एउटै कोदालो प्रयोग गरी दुबै व्यक्तिलाई हानेको वडा सदस्य विकास क्षेत्रीले जानकारी दिए। उनका अनुसार घटनास्थलमै दुबैको मृत्यु भएको हो।

क्षेत्री भन्छन्, “म आफै घटनास्थल पुगेको थिएँ, तर दृश्य यति भयावह थियो कि हेर्न सकिनँ। कोदालोले काटेर टाउको नै अलग गरिएको थियो।”

घटनापछि इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले आरोपी हेमराजलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार हत्या अभियोगमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। घटनास्थलबाट हत्या प्रयुक्त कोदालो पनि बरामद गरिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार हेमराज केही समयअघि मानसिक समस्या भएका थिए र उपचारपछि केही सहज भएको भनिएको थियो। तर, पछिल्ला दिनहरूमा बुबासँग बिहे नगराइदिएको विषयमा बारम्बार विवाद गर्दै आएको जानकारी प्राप्त भएको छ।

सुनवल–२ की वडा सदस्य लक्ष्मी कुमारी हरिजनले भनिन्, “हेमराजले बुबासँग बिहे गराइदिन आग्रह गर्दै गालीगालोज गर्थे भन्ने कुरा हामीले पहिले पनि सुनेका थियौं। मानसिक समस्या थियो कि, त्यो अझै प्रष्ट छैन। तर आज त यस्तो डरलाग्दो खबर सुन्नुपर्‍यो।”

मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने गाउँमा अहिले त्रास र स्तब्धता छाएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...