News Portal

गृहमन्त्री लेखकको भनाइ– “राजीनामा होइन, सदनमै सबै प्रश्नको जवाफ दिन तयार छु”

हिमालीसंचार संवाददाता
२०८ पटक

काठमाडौं, जेठ २१ – भिजिट भिसा प्रकरणका कारण चौतर्फी दबाबमा परेका गृहमन्त्री रमेश लेखकले आफूले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन्। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै मन्त्री लेखकले विषयको सम्पूर्ण स्पष्टिकरण संसदकै मर्यादित मञ्चमा दिने चाहना व्यक्त गरे।

विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा देखिएको अनियमितता, त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र त्यससँग मन्त्री लेखकको संलग्नताको आशंकालाई लिएर राजीनामाको माग गर्दै संसद अवरुद्ध पार्दै आएका छन्। यसै प्रसंगमा बोल्दै गृहमन्त्री लेखकले समितिमा मात्रै बोलेर कुरा नटुंगिने जनाउँदै भने, “यी जिज्ञासा केवल समितिसम्म सीमित छैनन्। सबै सांसदहरूले चासो राख्नु भएको छ। त्यसैले म संसदको पूर्ण बैठकमै बोल्न चाहन्छु।”

उनले स्पष्ट रूपमा संसदमा आफ्ना भनाइ राख्न समय दिन विपक्षी दलहरूसँग अनुरोध गरे। “मलाई सदनमा बोल्न दिनुहोस्,” उनले भने, “त्यहाँ उठेका सबै प्रश्नको उत्तर दिन म तयार छु। त्यसपछि यो विषयबारे तपाईंहरूलाई थप भ्रम नरहनेछ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...