News Portal

गृहमन्त्री लेखकको भनाइ– “राजीनामा होइन, सदनमै सबै प्रश्नको जवाफ दिन तयार छु”

हिमालीसंचार संवाददाता
१८६ पटक

काठमाडौं, जेठ २१ – भिजिट भिसा प्रकरणका कारण चौतर्फी दबाबमा परेका गृहमन्त्री रमेश लेखकले आफूले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन्। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै मन्त्री लेखकले विषयको सम्पूर्ण स्पष्टिकरण संसदकै मर्यादित मञ्चमा दिने चाहना व्यक्त गरे।

विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा देखिएको अनियमितता, त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र त्यससँग मन्त्री लेखकको संलग्नताको आशंकालाई लिएर राजीनामाको माग गर्दै संसद अवरुद्ध पार्दै आएका छन्। यसै प्रसंगमा बोल्दै गृहमन्त्री लेखकले समितिमा मात्रै बोलेर कुरा नटुंगिने जनाउँदै भने, “यी जिज्ञासा केवल समितिसम्म सीमित छैनन्। सबै सांसदहरूले चासो राख्नु भएको छ। त्यसैले म संसदको पूर्ण बैठकमै बोल्न चाहन्छु।”

उनले स्पष्ट रूपमा संसदमा आफ्ना भनाइ राख्न समय दिन विपक्षी दलहरूसँग अनुरोध गरे। “मलाई सदनमा बोल्न दिनुहोस्,” उनले भने, “त्यहाँ उठेका सबै प्रश्नको उत्तर दिन म तयार छु। त्यसपछि यो विषयबारे तपाईंहरूलाई थप भ्रम नरहनेछ।”

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...