News Portal

  • भोटो जात्रालाई लक्षित पाकेटमार समूह, मोबाइल र नगदसहित पक्राउ

    हिमालीसंचार संवाददाता
    १०५ पटक

    काठमाडौं, जेठ २० – प्राचीन सांस्कृतिक महत्व बोकेको रातो मछिन्द्रनाथको भोटो जात्रामा यस वर्ष पनि भीडको फाइदा उठाउँदै पाकेटमार गिरोह सक्रिय देखिएको छ। भक्तजनहरूको भीडमा चोरी गरेर फरार हुने योजनासहित आएको समूहलाई प्रहरीले समात्न सफल भएको छ।

    ललितपुरको ऐतिहासिक भोटो जात्रा हेर्न आएका हजारौं श्रद्धालुहरूको भीडमा पाकेटमारी गर्दै हिँडेको आशंकामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। उनीहरू १८ जेठमा जात्राका क्रममा भक्तजनहरूको मोबाइल र नगद चोरेको आरोपमा पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी परिसर ललितपुरद्वारा सञ्चालित विशेष अभियानमा समातिएका व्यक्तिहरु दोलखादेखि जनकपुरसम्मका विभिन्न ठाउँका बासिन्दा रहेका छन्। पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–२ का २७ वर्षीय राकेश फुयाँल, मोरङको बेलबारी नगरपालिका–६ का ३० वर्षीय पूर्ण कार्की, सुनसरीको दुहबी नगरपालिका–६ शिवटोलका ३५ वर्षीय मनोज शाह हलुवाई, मकवानपुरको बागमती गाउँपालिका–८ का २३ वर्षीय अनुप मगर, उदयपुरको बेलटार नगरपालिका–७ का २६ वर्षीय पवन मगर र जनकपुरकी ६७ वर्षीया सृष्टि चौधरी रहेका छन्।

    प्रहरीले उनीहरूबाट ७ थान मोबाइल फोन र नगद २१ हजार ५५५ रुपैयाँ बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू भीडभाड हुने ठूला धार्मिक र सांस्कृतिक समारोहलाई लक्षित गर्दै चोरीका गतिविधि गर्दै आइरहेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...