News Portal

मोरङको पुरानो दोहमना बजार दिनप्रतिदिन खस्कँदै

रबिन्द्र बराल
१५६ पटक

मोरङ, जेठ १६ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजार दिनप्रतिदिन खस्कँदै गएको छ। प्रत्येक साता आइतबार र बिहीबार लाग्ने यस साप्ताहिक बजारमा पहिलेको जस्तो चहलपहल देखिन छाडेको छ।

करीब २० वर्षअगाडि मोरङ, सुनसरी, झापा, संखुवासभा, भोजपुर तथा भारतका विभिन्न स्थानहरूबाट सर्वसाधारणहरू सामान किनबेचका लागि भीडभाड गर्दै बजारमा आउने गर्थे। तर, कोरोना महामारीका बेला नेपाल सरकारले लागू गरेको लकडाउन र आवाजजावतमा कडाइ गरेपछि गाउँघरमै सवारीसाधनमार्फत आवश्यक सामान पुग्न थालेपछि दोहमना बजार विस्तारै ओझेलमा पर्दै गएको स्थानीयहरू बताउँछन्।

एक समय लत्ता–कपडा, गाई, गोरु, बाख्रा, हाँस, कुखुरा, खाद्यान्न लगायतका सामग्रीहरू अत्यधिक मात्रामा बिक्री वितरण हुने यो बजार अहिले सुनसान बन्दै गएको छ। पछिल्लो समय नगरपालिका मार्फत उठाइने वार्षिक कर असुलीमा ठेकेदारहरूको मनोमानी बढ्दै गएको व्यापारीहरू बताउँछन्।

स्थानीय व्यापारी मनोज कुमार साहका अनुसार, ठेकेदारहरूले मनपरी रूपमा कर असुली गर्ने, अनुहार हेरेर बट्टा लगाउनेजस्ता कार्यले साना व्यापारीहरू मर्कामा परिरहेका छन्। बजार व्यवस्थापन समिति तथा जनप्रतिनिधिहरूले समय–समयमा अनुगमन नगरेको अवसरमा ठेकेदारहरूले मनोमानी गरिरहेको उनीहरूको गुनासो छ।

हाल प्रदेश सरकारले बजार व्यवस्थापनका लागि ७० वटा सटर र ९ वटा टहरा निर्माण गरिसकेको जनाएको छ। यद्यपि, बजारको समग्र सुधारका लागि प्रभावकारी योजना र नियमित अनुगमनको खाँचो देखिएको छ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...