News Portal

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरुद्ध गर्ने माओवादीको कडा अडान

हिमालीसंचार संवाददाता
१७५ पटक

काठमाडौं, जेठ १६ – देशको राजनीतिमा फेरि एकपटक उथलपुथल मच्चिएको छ। भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि गम्भीर आरोप लागेपछि नेकपा (माओवादी केन्द्र) ले संसद् अवरुद्ध गर्ने रणनीति तय गरेको छ। पार्टीले स्पष्ट रूपमा भनेको छ— जबसम्म गृहमन्त्री लेखकले पदबाट राजीनामा दिंदैनन्, तबसम्म संसद् चल्न दिने कुनै सम्भावना छैन।

यसै विषयमा उत्पन्न गतिरोधलाई छलफलको माध्यमबाट हल गर्न सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक अघि प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूलाई आह्वान गरेका थिए। छलफलमा सहभागी भएका माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकपछि स्पष्ट रूपमा पत्रकारहरूसँग भने, “गृहमन्त्रीको राजीनामा हाम्रो मूल माग हो। त्यो नभएसम्म हामी संसद् सञ्चालनमा सहभागी हुने प्रश्नै उठ्दैन।”

उनका अनुसार माओवादी केन्द्रले यही मुद्दालाई लिएर आन्तरिक रणनीति तय गर्न आउँदो जेठ १९ गतेका लागि संसदीय दलको विशेष बैठकसमेत आह्वान गरेको छ।

यता, विपक्षी दलहरू पनि गृहमन्त्रीमाथि उस्तै प्रकारको आक्रोश व्यक्त गर्दै संसद् अवरुद्ध गरिरहेका छन्। दिनहुँजसो विवादास्पद विषयमा सरकारका मन्त्रीहरूको संलग्नता देखिँदै गएकाले जनतामा पनि निराशा बढ्दो छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...