News Portal

लागुऔषधसहित एक युवक पक्राउ, प्रहरीको निगरानीमा झन् कडाइ

हिमालीसंचार संवाददाता
३०९ पटक

धरान, जेठ १६ – पूर्वी नेपालको सुनसरी जिल्लामा लागुऔषध ओसारपसारमा संलग्न एक युवकलाई प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको छ। धरान आसपासको क्षेत्रलाई लक्षित गर्दै गरिएको अपरेसनमा कोशी गाउँपालिका क्षेत्रबाट रामधुनी नगरपालिका–४ निवासी २१ वर्षीय आशिस चौधरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार, चौधरीको साथबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ। प्रहरी स्रोतका अनुसार स्पास्मो प्रोक्सिभनका ६ हजार ६ सय क्याप्सुल, ट्रमोलका ९० क्याप्सुल तथा नाइट्रेजम्प नामक औषधिका १६० ट्याब्लेटसहित उनलाई नियन्त्रणमा लिइएको हो।

“लागुऔषध कारोबारविरुद्धको अभियान अन्तर्गत विशेष सूचनाका आधारमा गरिएको अपरेसन सफल भएको छ,” डिएसपी खतिवडाले हिमाली सञ्चारलाई जानकारी दिँदै भने, “हाल अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउँदै छौं।”

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई हिरासतमा राखिएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सुनसरी र आसपासका क्षेत्रमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार बढ्दै गएको भन्दै सुरक्षा निकायहरूले कडाइ गर्न थालेका छन्। यसै सन्दर्भमा प्रहरीले व्यापक निगरानी र गस्तीलाई थप सशक्त बनाएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...